जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनी मार्फत उपभोग्य वस्तुहरू मोवाइल भ्यान मार्फत बिक्रि बितरण गर्ने

साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनी मार्फत उपभोग्य वस्तुहरू मोवाइल भ्यान मार्फत बिक्रि बितरण गर्ने

जेठ १४ गते शुक्रबार देखी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने भएको छ । यही जेठ १४ गते देखि खाद्यान्न पसल समेत बन्द गर्ने गरी लागु गरिएको लकडाउन ‘निशेधाज्ञा’ले दैनिक जिविका गरी खानेवर्गलाइ ठूलो मर्का पर्ने भएकोले काठमाडौं उपत्यका स्थित तीन वटै जिल्लाका सिडिओ कार्यालयले उक्त व्यवस्था मिलाएका हुन ।

खाद्यान्न खरिद गर्न असहज हुने अवस्थालाई ध्यानमा राखी भोली जेठ १४ गते देखि नै उपत्यकाका सबै स्थानीय वडाहरूमा समेत पुग्ने गरी साल्ट ट्रेडिंङ कर्पोरेशन लिमिटेड र नेपाल खाद्य व्यापार कम्पनीले दाल, चामल, तेल, चिनी , चिउरा, नून, तेल, चामल, च्यूरा र चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरू मोवाइल भ्यान मार्फत बिक्रि बितरण गर्ने निर्णय भएको छ । अत्यवाश्यक खाद्य वस्तु आवश्यक परेमा हटलाइन नम्बरमा कल गर्ने सकिने व्यवस्था गरिएको छ ।

नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने व्यवस्था मिलाएको हो ।

आज उपत्यका स्थित तीन वटै जिल्लाका सिडिओ सहित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायब महाप्रबन्धक कुमार राजभण्डारी, खाद्य तथा व्यापार कम्पनी लिमिटेका विभागीय प्रमुख भिम थापा, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल चेम्बर अफ कमर्शका देवेन्द्र भक्त श्रेष्ठ, थोक बिक्रेता संघका ॐ प्रकाश वंशल लगायत सरकारी अधिकारीहरुको बैठक पस्चात उक्त निर्णय लिइएको हो ।

काठमाडौं प्रशासनले बिहिबार एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधिमा कोही कसैलाई खाद्य वस्तुको अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको जनाएको छ ।

खाद्य वस्तु मगाउन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९८५१३२०३१४, ९८५११३६७८५, ९८५११२१७८८ मा फोन गर्न सकिन्छ भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ९८५१०२२५६४, ९८५१०३३३०३, ९८५१११३६६०, ९८४१३३२९९० र ९८१३२७२५६३ मा फोन गर्न सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायब महाप्रन्बन्धक कुमार राजभण्डारीले प्रशासनसँग छलफल पस्चात भएको निर्णय अनुसार सेवा प्रवाह गर्न कर्पोरेशन सक्षम र पूर्ण रुपमा तयार रहेको उल्लेख गरे । ‘सेवा प्रवाहका लागि हामी तम्तयार अवस्थामा छौ, आवश्यक तयारी पुरा भैसकेको छ’ । ‘विगतमा पनि घुम्ती सेवा संचालन गरेको अनुभव हामीसँग छ, त्यसैले सेवा प्रवाहका क्रममा संभव भएसम्म हाम्रोतर्फबाट कुनै कमी आउन दिने छैनौ’ ।

यस प्रयोजनका लागि कर्पोरेशनले तीन वटा मोबाईल भ्यान परिचालन गर्ने नायब महाप्रबन्धक राजभण्डारीले बताए । राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रशासनले सम्पूर्ण पसलहरु बन्द गर्ने भनेर लिएको यस अघिको निर्णय उपभोक्ता अधिकारका दृष्‍टिले त्रुटिपूर्ण रहेकामा ताजा निर्णयले राहत मिलेको बताए ।

6245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै