जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेदेखि बिक्री खुला गरिने

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेदेखि बिक्री खुला गरिने

राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न गत वैशाख २२ गते राष्ट्रिय वाणिज्य बैंकलाई अनुमति दिएको थियो । बैंकले ‘८.५५ आरबीबीएल डिबेन्चेर–२०८३’ नामक ऋणपत्र बिक्री खुला जेठ २५ गतेदेखि गर्ने भएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ । जसमा १५ लाख इकाइ व्यक्तिगत र बाँकी १० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ । यो ऋणपत्र ६ वर्ष अवधिको हुनेछ । लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन् । ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ । ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्र छिटोमा जेठ २८ गते बन्द हुने छ भने ढिलोमा असार ८ गते बन्द हुनेछ ।

9075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?