जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • हिमालयन रि इन्स्योरेन्सको अध्यक्ष बन्न शेखर गोल्छा यूनियन लाइफको सञ्चालकबाट बाहिरिए

हिमालयन रि इन्स्योरेन्सको अध्यक्ष बन्न शेखर गोल्छा यूनियन लाइफको सञ्चालकबाट बाहिरिए

नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लाइसेन्स पाएको हिमालयन रि इन्स्योरन्स कम्पनीको अध्यक्ष बन्न नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले यूनियन लाइफको सञ्चालक पदबाट बाहिरिएका छन् । स्रोतका अनुसार उनले केहि दिन अगाडी नै यूनियनको सञ्चालक पदबाट राजिनामा दिएका थिए । हिमालयन रि ले लाइसेन्स पाउनेमा ढुक्क रहेको यस समुहले गोल्छालाई अध्यक्ष बनाउन खोजेको बुझिएको छ ।  यूनियनमा गोल्छाको २० प्रतिशत शेयर रहेको छ ।

हिमालयनमा गोल्छा लगायत बीमा क्षेत्रकै अन्य लगानीकर्ताको प्रमुख लगानी रहेको छ । नेपाल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष भवानी राणाको नेशनल लाईफमा पनि प्रमुख लगानी रहेको छ । उनि नेशनल लाईफको सञ्चालक हुन् । त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारकाको ज्योति लाइफमा प्रमुख शेयर रहेको छ । उनि ज्योति लाइफको सञ्चालक हुन् । अहिले नयाँ लाइसेन्स पाएको हिमालयनमा मुरारकाको प्रमुख हिस्सा रहेको छ ।

यूनियन लाइफको अध्यक्ष शुलभ अग्रवालको पनि हिमालयनमा प्रमुख शेयर हिस्सा रहेको छ । बीमा क्षेत्रकै लगानीकर्ताहरुको समुहले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हात पारेका छन् ।

5510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?