नेपाल स्टक एक्सचेन्जले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन) फिचर आजबाट हटेको छ । एओएन अर्थात कि सबै देउ/लेउ या एउटै नदेउ/नलेउ फिचर बन्द भएको हो ।
नेपाल स्टक एक्सचेन्जले डिसएबल गरेको एओएन (अल अर नन) के हो भन्ने आम लगानीकर्तामा चासो देखिएको छ । नेपाल स्टक एक्सचेन्सका प्रवक्ता मुरारी पराजुलीका अनुसार धितोपत्र बोर्डको निर्देशन पछि बन्द गरिएको हो । एओएन डिसएबल हुँदा लगानीकर्तालाई के फाइदा छ यसबारे जानकारी दिने प्रयास गरेका छौँ ।