जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • निर्माण सामग्रीको पसल ४ बजेपछि मात्र खोल्न पाइने

निर्माण सामग्रीको पसल ४ बजेपछि मात्र खोल्न पाइने

काठमाडौं उपत्यकाभित्र  निषेधाज्ञाको समयमा बचत तथा ऋण सहकारी सस्थाहरु समेत खोल्न पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

तर यसपटको निषेधाज्ञा केही खुकुलो बनाइएको छ।

हप्तामा दुई दिन सहकारी सस्था खोल्न पाइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले भने।

साताको आइतवार र बिहिबार ऋण सहकारी संस्था खोल्न दिने भएको हो।

निर्माण सामाग्रीका पसल भने दिउँसो ४ बजेपछि मात्र खुल्न पाउने छन्।

6130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका