जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ज्योति विकास बैंकले असार २० गतेदेखि १५ लाख कित्ता ऋणपत्र निष्काशन गर्दै

ज्योति विकास बैंकले असार २० गतेदेखि १५ लाख कित्ता ऋणपत्र निष्काशन गर्दै

ज्योति विकास बैंक लिमिटेडले असार २० गतेदेखि १ अर्ब ५० लाख रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १ अर्ब ५० लाख रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गर्न लागेको हो ।

जसमध्ये बैंकले ६ लाख कित्ता सामूहिक लगानीकोष०सहित सर्वसाधारणमा बिक्री गर्नेछ, भने ९ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी ५ लाख ७० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो ।

बैंकले १० वर्ष अवधिको ‘ज्योति विकास बैंक बन्ड २०८७’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ९ प्रतिशत हुनेछ । लगानीकर्ताले उक्त ऋणपत्रमा असार २० गतेदेखि छिटोमा असार २३ गतेसम्म र ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन ।

उक्त् ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर रेटिङ बीबी प्लस’ रेटिङ दिएको छ ।

उक्त ऋणपत्रमा ज्योति विकास बैंकका सम्पूर्ण शाखाहरु र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यलयहरुबाट यस ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

7185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?