जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • यूनियन लाइफद्वारा मृतकको परिवारलाई १३ लाख ७८ हजार दाबी भुक्तानी

यूनियन लाइफद्वारा मृतकको परिवारलाई १३ लाख ७८ हजार दाबी भुक्तानी

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इलाम शाखाले बीमा दाबी भुक्तानी गरेको छ । गत जेठ २ गते कोभिड १९ का कारण निधन भएका नवराज शंकरको परिवारलाई बीमा दाबी बापत १३ लाख ७८ हजार ६ सय ६८ रुपैया भुक्तानी गरेको हो ।

इलाम नगरपालिकामा आयोजित एक कार्यक्रमका विच नगर प्रमुख महेश बस्नेत तथा प्रमुख प्रशासकिय अधिकृत काली प्रसाद भूजेलले स्व. शंकरकी श्रीमति बिजु लकान्द्रीलाई चेक हस्तान्तरणर गरेका हुन् ।

कार्यक्रमका नगर प्रमुख बस्नेतले भौतिक क्षति अतिनै असह्य भएतापनि यसरी गरिने दाबी भूक्तानीले परिवारलाई आर्थिक रुपमा मल्हमको काम गर्ने बताउदै कम्पनीलाई धन्यबाद ज्ञापन गरे । उनले बीमा आफ्नो र परिवारको लागि बचत साथसाथै सुरक्षा समेत भएकाले अनिवार्य सबैले आफ्नो क्षमताले भ्याए सम्म गर्नै पर्ने समेत बताए ।

7275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?