जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हिमालयन र इन्भेष्टमेन्ट बैंकको डीडीए रिपोर्ट आयो: दसैं बिदामा सिस्टम मिलाउने, लगत्तै कारोबार

हिमालयन र इन्भेष्टमेन्ट बैंकको डीडीए रिपोर्ट आयो: दसैं बिदामा सिस्टम मिलाउने, लगत्तै कारोबार

गत वैशाख ३० गते आपसमा गाभिने समझदारी गरेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) प्रतिवेदन तयार भएको छ।

प्रतिवेदनलाई दुवै बैंकले स्वीकार गरिसकेका छन्। स्रोतका अनुसार, हिमालयन बैंकको एक सय कित्ता बराबर नेपाल इन्भेष्टमेन्ट बैंकको ९३ कित्ता सेयर हुने छ। यद्यपि बराबरी हैसियतमा दुवै बैंक गाभिने छन्।

स्रोतका अनुसार, दसैं र तिहारको बीचमा गाभिएर एकीकृत कारोबार गर्ने दुवैको तयारी छ। दुवै ठूला बैंक भएकाले प्रणाली एकीकृत गर्न समय लाग्छ। त्यही भएर बिदाका बेला प्रणाली मिलान गर्ने गरी काम भइरहेको छ।

दुवै बैंकलाई सबैभन्दा ठूलो टाउको दुखाइ भएको कर्मचारी मिलानको समस्या समाधान भएको छ। तुलनात्मक रूपमा हिमालयन बैंकका कर्मचारीको तलब सुविधा धेरै छ। अब त्यो सुविधा इन्भेष्टमेन्ट बैंकका कर्मचारीले पनि पाउने छन्।

दुवै बैंक अहिले लेखापरीक्षणको चरणमा छन्। साउन मसान्तभित्र लेखापरीक्षण सक्ने गरी काम भइरहेको दुवै बैंकका अधिकारीहरुले जानकारी दिए। त्यसपछि राष्ट्र बैंकमा बाँकी स्वीकृतिका लागि जाने तयारी भइरहेको छ।

गाभिएपछि प्रमुख कार्यकारी हिमालयन बैकका अशोक राणा नै हुने छन् भने अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाण्डेले निरन्तरता पाउने छन्

6975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका