जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • बोर्डबाट पारित भएको मौद्रिक नीति ‘लिक’ भएको भन्दै बिचमै संशोधन

बोर्डबाट पारित भएको मौद्रिक नीति ‘लिक’ भएको भन्दै बिचमै संशोधन

नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गरेको छ। अब सेयर धितो ऋण बढीमा १२ करोड रुपैयाँसम्म मात्र लिन पाइने छ। एक बैंकबाट बढीमा चार करोड र सबै संस्था गरेर १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाइनेछ।

राष्ट्र बैंकले संचालक समितिबाट ऋणको सीमा ३ करोड र १० करोड रुपैयाँ निर्धारण गरेको थियो। तर यो सूचना मौद्रिक नीति जारी हुनुअघि नै ब्यापक रुपमा फैलिएपछि अर्थमन्त्रालय र अन्य पक्षको दबाबमा राष्ट्र बैंकले संशोधन गरेर ४ र १२ करोड पुर्‍याएको हो।

संचालक समितिबाट यस्तो ऋण तोकिएको सीमाभित्र ल्याउन एक बर्ष समय दिइएकोमा दबाबपछि समय तोकिएको छै।

कर्जा-पुँजी-निक्षेप अनुपात ८५ प्रुतिशतबाट ९० प्रतिशत पुर्‍याइएको छ। विद्यमान कर्जा स्रोत परिचालन अनुपात सम्बन्धि ब्यवस्था खारेज गर्ने भएको छ। पुँजी कोक्ष र पुँजी कोषको अङ्को रुपमा रहेका ऋणपत्र बाहेकका ऋणपत्र र सापटीलाई कर्जा निक्षेप अनुपातमा समायोजन गरिने छ।

5890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका