जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । मुक्तिनाथ बैंकले विभिन्न प्रतिष्ठित  व्यवसायिक संस्थाहरुसंग सहकार्य गरेको छ, जसअन्तर्गत,  NEPMEDS Online Pharmacy, Easy Care Online Pharmacy, Alma Artes (Watch Company ), Bajeko Sekuwa रहेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिदा  १५ प्रतिशतसम्मको छुट पाउने व्यवस्था गरिएको छ ।

बैंकले ब्यालेन्स सर्टिफिकेट, चेकबुक, गुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले भिजा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना शुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

11925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका