जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • मर्जरमा जानेलाई दुई वर्षसम्म सहुलियत, सञ्चालक र सीईओलाई कुलिङ पिरियड नै नलाग्ने

मर्जरमा जानेलाई दुई वर्षसम्म सहुलियत, सञ्चालक र सीईओलाई कुलिङ पिरियड नै नलाग्ने

नेपाल राष्ट्र बैंकले आगामी दुई वर्षसम्म मर्जरमा जाने बैंकहरुलाई सहुलियत दिने भएको छ। सहुलियत वाणिज्य बैंकहरुले मात्र पाउनेछन्।

मर्जरमा गएमा सञ्चालक, प्रमुख कार्यकारी, नायव प्रमुख कार्यकारी अधिकृत लगायतलाई कुलिङ पिरियड लाग्दैन। अहिले एउटा संस्था छाडेर अर्को संस्था जानु परेमा ६ महिना खालि बस्नुपर्ने प्रावधान छ।

राष्ट्र बैंकले स्प्रेड दरमा पनि छुट दिने भएको छ। मर्जरमा नजानेले ४.४ प्रतिशतभन्दा कम स्प्रेड राख्नुपर्छ। तर वाणिज्य बैंकहरुबीच मर्जर भएमा एक प्रतिशत विन्दुमाथिसम्म स्प्रेड कायम गर्न दिइनेछ।

राष्ट्र बैंकले २०८० सालसम्म सुविधा दिने भएको छ। २०८०  सालसम्ममा मर्जरमा जानेहरुले सुविधा पाउनेछन्। राष्ट्र बैंकले विकास बैंक र फाइनान्सलाई मर्जरमा जान निरुत्साहित गर्नेछ।

4585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका