जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच सेवा सुविधाको प्रचार सम्बन्धी सम्झौता

मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच सेवा सुविधाको प्रचार सम्बन्धी सम्झौता

 मुक्तिनाथ विकास बैंक लि. र पर्वातारोही लाक्पा देण्डी शेर्पा बीच बैंकको सेवा सुविधाको प्रचार एवमं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरि सम्झौता पत्र हस्ताक्षर गरेका छन् ।

लाक्पा देण्डी शेर्पा एक सफल पर्वातारोही हुन् जस्ले तीन पटक सगरमाथा आरोहण गर्ने सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेट तय गरेका हुन् जस कारण उनी गिनिज रेकोेर्ड होल्डर पनि हुन् । एक कार्यक्रम बीच बैंकको तर्फबाट प्रमुख– बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी तथा लाक्पा देण्डी शेपाले सम्झौता पत्र हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात श्री लाक्पा देण्डी शेर्पा ज्यूले बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्राण्ड इन्फ्लुएनसरको रुपमा कार्यहरु निर्वाह गर्नेछन् । उनका आगामी अभियानमा समेत बैंकलाई साथ राख्दै हातेमालो गर्दै अघि बढ्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मिसेनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

3115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका