जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • स्रोत नखुलेको ३० लाख नगदसहित कुलेश्वर फलफूल बजारबाट दुई जना पक्राउ

स्रोत नखुलेको ३० लाख नगदसहित कुलेश्वर फलफूल बजारबाट दुई जना पक्राउ

स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ नगदसहित प्रहरीले काठमाडौैंको कुलेश्वर फलफूल बजारबाट दुई जनालाई पक्राउ गरेको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई काठमाडौंको कुलेश्वरमा फलफूल पसल गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र रामेछापका सुनापती गाउँपालिका–१ घर भई काठमाडौंको कालीमाटीमा डेरा गरी बस्ने २१ वर्षीय रमेश तिमिल्सनालाई मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

फलफूल व्यापारी मीनप्रसादले कुलेश्वर फलफूल बजारमा रहेको पसलमा हुण्डी कारोबार गर्छन् भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले खानतलासी गर्दा सोही पसलमा काम गर्ने कर्मचारी रमेशले झोलामा राखेको ३० लाख ७ हजार रुपैयाँ नगद फेला परेको प्रहरीको भनाइ छ ।

उक्त रकमको स्रोत खुलाउन नसकेपछि नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व कार्यालय हरिहर भवन पठाएको परिसरका प्रवक्ता रमेशकुमार बस्नेतले बताए ।

4760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका