जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बैंकिङ कसुरमा ६० लाख जरिवाना सुनाईएका कट्टेल पक्राउ

बैंकिङ कसुरमा ६० लाख जरिवाना सुनाईएका कट्टेल पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । इलामको देउमाई वडा नम्बर ९ साविक जितपूरका ४ घर भई हाल बिर्तामोड बस्ने टंकनाथ कट्टेल पक्राउ परेका छन् । 

आफ्नो खातामा मौज्दात रकम नभएको जान्ने जानी जानी जाहेरवालाई झुक्याउनमा पारी सिभिल बैंकको चेक दिएका थिए । चेक बाउन्स मुद्दामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले ७ दिन कैद र ६० लाख जरिवानाको सजाय सुनाएको थियो । 

उक्त फैसला कार्यान्वयनका लागि केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले उनलाई बिर्तामोडबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

5090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?