जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु र मेगा बैंकले उजुरी दिए

प्रभु र मेगा बैंकले उजुरी दिए

लगानी योग्य पुँजीको चरम अभाव भएपछि बैंकहरुले अक्षयकोषभन्दा बढी ब्याज दिएर अर्को बैंकको निक्षेप खोसाखोस गर्न थालेका छन् ।

कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि रहेका बैंकहरुले निक्षेप तान्न साम-दाम, दण्ड-भेदको नीति अबलम्बन गरेको पाइएको छ ।

अहिले बैंकहरुको औषत सीडी रेसियो ९१ प्रतिशत छ । राष्ट्र बैंकको नियम अनुसार यस्तो रेसियो ९० प्रतिशतभन्दा कम हुनुपर्छ ।

केही दिनअघि मेगा र प्रभु बैंकले आफूसँग भएको निक्षेप अर्को बैंकले बढी ब्याजदर दिएर खोसेको आरोप लगाउँदै नेपाल बैंकर्स संघमा उजुरी दिएका छन् । उपाध्यक्ष सुनिल केसीको संयोजकत्वमा संघमा गुनासो इकाई छ ।

मेगा बैंकले नेपाल टेलिकमले आफ्नो बैंकबाट ५० करोड रुपैयाँ निकालेर अरु बैंकमा महंगो ब्याजदरमा राखेको भन्दै उजुरी दिएको छ । तर, आफ्नोबाट निष्किएको निक्षेप कुन बैंकमा गयो भनेर मेगाले खुलाउन सकेको छैन ।

बैंकरहरुले सोधखोज गर्दा टेलिकमले बढी ब्याज पाएर मेगाबाट निक्षेप निकालेको नभइ आफ्नै खर्चका लागि निकालेको हुनसक्ने आँकलन गरेका छन् ।

‘मेगाबाट निष्किएको टेलिकमको पैसा अरु बैंकमा डिपोजिट भएको देखिँदैन,’ स्रोतले भन्यो, ‘टेलिकमले आफ्नो खर्चका लागि निकालेको देखिन्छ ।’

उता प्रभु बैंकले भने बैंकको नामै तोकेर संघमा उजुरी दिएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड रुपैयाँ निक्षेप कुमारी बैंकले चर्को ब्याजदर दिएर लगेको प्रभु बैंकले आरोप लगाएको छ ।

‘प्रभु बैंकले ३ दिनअघि मात्रै कुमारी बैंकले आफ्नोमा भएको ५० करोड रुपैयाँ निक्षेप चर्को ब्याज दिएर खोसेको आरोप लगाउँदै उजुरी दिएको छ,’ स्रोतले भन्यो ।

5020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका