आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद शेयर जारी गर्नका लागि बिहिबार नियमक निकाय नेपाल घितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।
हकप्रद शेयर निष्काशनका लागि बीमा समितिबाट तथा कम्पनीको २३औं वार्षिक साधारण सभाले स्वीकृत गरिसकेको छ । अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति आएपछि कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ ।