जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • पैसा नभएको चेक दिने पक्राउ, ७ दिन कैद र १३ लाख जरिवाना हुने

पैसा नभएको चेक दिने पक्राउ, ७ दिन कैद र १३ लाख जरिवाना हुने

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी शिवराम गजुरेल पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१२ सिमपानी घर भएका ५६ वर्षीय गजुरेललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।उच्च अदालत पाटनको २०७८ असार २८ गतेको फैसलाले ७ दिन कैद तथा १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बालाजु शेषमती पुलबाट पक्राउ गरेको हो । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी हाम्रो विकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

8145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?