जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बैंकले जनतालाई बेच्न लोगो राखेर आयात गर्ने सुनको भन्सार घट्यो, १० ग्राममा १८३८ रुपैयाँ सस्तो

बैंकले जनतालाई बेच्न लोगो राखेर आयात गर्ने सुनको भन्सार घट्यो, १० ग्राममा १८३८ रुपैयाँ सस्तो

बाणिज्य बैंकहरुले आफ्नो लोगो अंकित सुन आयात गरेमा भन्सार शुल्क कम तिर्नु पर्ने भएको छ। सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटले भन्सार शुल्क घटाइदिएको हो।

सरकारले सुनमा दुईथरी भन्सार शुल्क लगाउने गरेको छ। ब्यवसायीका लागि मगाइने सुनमा प्रति १० ग्राम ८५०० रुपैयाँ भन्सार शुल्क लाग्छ। बैंकहरुले आफ्नो लोगो अंकित सुन वा अन्य गहना वा प्रतिमा ल्याएमा १५ प्रतिशत शुल्क लाग्छ।

अब भने सबै खाले सुन वा बैंकले लोगो अंकित गरेर ल्याएको सुनमा पनि प्रति १० ग्राम ८५०० रुपैयाँ भन्सार शुल्क लाग्ने छ। 

आजको दिनमा प्रति १० ग्राम सुनको मूल्य ७७४२० रुपैयाँ छ। यसमा भन्सार शुल्क ८५०० रुपैयाँ घटाउँदा ६८ हजार ९२० रुपैयाँ पर्छ। अब यसको १५ प्रतिशत १० हजार ३३८ रुपैयाँ हुन्छ। यस हिसाबले अब बैंकलाई प्रति १० ग्राम यस्तो खालको सुन ल्याउँदा १८ सय ३८ रुपैयाँ सस्तो पर्छ।

बाणिज्य बैंकहरुले सर्वसाधारण जनतालाई बिक्री गर्न आफ्नो लोगो अंकित स-साना परिमाणमा सिक्का बनाएर सुन ल्याउन सक्छन्। यस्तो अभ्यास केही बर्षअघि एक/दुई वटा बैंकले गरेका थिए। तर महँगो भन्सार परेपछि उनीहरुले रोकेका थिए। 

6175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका