जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • नेपाल स्टिल रोलिङ मिल्सको नाममा भएको पत्रकार सम्मेलनमा संघले आपत्ति, संघले तत्कार्लै डण्डीको मूल्य प्रतिकिलो ग्राम ३ रुपैयाँले घट्ने !

नेपाल स्टिल रोलिङ मिल्सको नाममा भएको पत्रकार सम्मेलनमा संघले आपत्ति, संघले तत्कार्लै डण्डीको मूल्य प्रतिकिलो ग्राम ३ रुपैयाँले घट्ने !

नेपाल स्टिल रोलिङ मिल्सको नाममा भएको पत्रकार सम्मेलनमा संघले आपत्ति जनाएको छ । संघले विज्ञप्ती जारी गरेर सरकारले बजेट संसोधन मार्फत बिलेटको आयातमा लाग्ने अन्तशुल्क बढाउने तथा स्पन्च आइरनमा लाग्ने अन्तःशुल्क हटाएको स्वागत गरेको छ ।

एशोसिएसनले स्वदेशभित्रै विलेट उत्पादन गर्नका लागि कच्चा पदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारलाई शुन्यमा झार्नु स्वागत योग्य कदम हो । यसले देशभित्रै कच्चा पदार्थ मार्फत विलेट उत्पादन गर्न र सो बिलेटमार्फत स्वदेशमा नै डण्डी उत्पादन गर्न सकिने र यसले देशभित्रै लगानी बिस्तार गर्न, भविश्यमा निर्यातको वातावरण बनाउन र स्वदेशमा नै रोजगारी सिर्जना गर्नेए जनाएको छ ।

बजेटमा आएका नयाँ व्यवस्थाले स्वदेशी पूँजी र सिपमार्फत देशभित्र थप ६ अर्बको लगानी रोलिङ्ग मिल्स तथा डण्डी उद्योगमा थप हुने दाबी संघको छ ।

कोभिड १९ बाट शिथिल रहेको स्वदेशी अर्थतन्त्रलाई यसले चलायमान बनाउन देशमा औद्योगिक वातावरण सिर्जना गर्न, विदेशी मुद्रा बाहिरीनबाट बचाउनुका साथै सरकारलाई समेत राजश्व वृद्धिमा सकारात्मक प्रभाव पार्ने यस एशोसिएसनको ठहर छ ।

सरकारले बजेटमार्फत डण्डी बनाउन चाहिने बिलेट स्वदेशमा नै उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्जको भन्सार शुन्य गर्नुले देशभित्रै उद्योगहरुले लगानी बिस्तार गरेर बिलेट उत्पादन गर्दै आत्मनिर्भरको बाटोमा अग्रसर हुने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सोमबार बिलेट उत्पादन नगर्ने संघका अन्य सदस्यले भने २४ वटा उद्योग धरासायी हुने भन्दै पत्रकार सम्मेलन गरेका थिए । संघले जारी गरेको विज्ञप्तीमा
नयाँ व्यवस्थाले स्वदेशभित्र उत्पादन भईरहेको विद्युतको खपतलाई पनि सहयोग गर्दछ ।

उत्पादन भईरहेको विद्युत खपत नहुने चिन्ताका विचमा विद्युत खपत बढाउनेछ । यसले आगामी दिनमा स्वदेशी डण्डी उद्योगहरुले नयाँ आयोजनाबाट उत्पादन हुने ३ हजार मेगावाट विद्युतलाई खपत गर्न समेत सहयोग पुर्याउँछ ।

विद्युत खपत गर्ने मात्र नभई यसले हाल स्टील उद्योगमा उपयोग गर्नुपर्ने फर्नेस आयल आयातमा भारत र अन्य मुलुक जाने गरेको करिब ४/५ अर्ब रुपैयाँ समेत स्वदेशभित्रै रहनेछ र यसले अन्य उद्योगहरुमा थप लगानी गर्न सकिनेछ।


हाल नेपालमा करिब १६ लाख टन वार्षिक विलेट उत्पादनको क्षमता छ र जडित क्षमताको ८० देखि ९५ प्रतिशतसम्म उत्पादन हुनेगरी उद्योग संचालन गर्न सकिनेछ । र छिटै नै १० लाख टन बिलेट उत्पादन हुनेगरी उद्योग बिस्तार तथा योजना बनाउन सकिने उल्लेख छ ।

यसका साथै स्वदेशभित्रै पूर्णरुपमा बिलेट उत्पादन गर्दा सर्वसाधारण ग्राहकहरुले सिधै लाभ पाउनेछन् । कच्चा पदार्थ बाहेक समग्र सामग्री स्वदेशभित्रै उत्पादन गर्न सकिएको खण्डमा यसले ग्राहकहरुले किन्ने डण्डीको लागत घट्ने र ग्राहकरुलाई समेत सस्तो हुने दाबी संघको छ ।

नेपाल जस्तो भूकम्पिय जोखिम भएको मुलुकमा सरकारले तोकेको मापदण्ड र न्यूनतम गुणस्तरमा प्रतिबद्ध हुँदै नेपाली उद्योगहरुले स्वदेशभित्रै डण्डी उत्पादन गर्दै आएको सर्वविदितै छ । स्वदेशमा नै उत्पादन गरिने बिलेटबाट तयार हुने डण्डीहरु उच्च गुणस्तरीय र मजबुत हुनेहुँदा यसले नेपाली निर्माण क्षेत्रमा सुरक्षा सुनिश्चित गर्दछ ।

यसैबिच यस नेपाल रोलिङ्ग मिल्स एशोसिएसनको नाममा केहि समूह तथा व्यक्तिहरुले अनधिकृतरुपमा पत्रकार सम्मेलन गरी भ्रम सिर्जना गर्ने काम गरेकोमा यस एशोसिएसनको गंभिर आपत्ति जनाएको छ ।

एशोसिएसनको नाममा त्यस्ता गतिबिधिहरु नगर्न र कसैले पनि सो बारेमा भ्रामक धारणा नबनाउन अनुरोध गरेको छ । 

5045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका