जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • धितोपत्र बोर्डको जिम्मेवारी निरज गिरीलाई, दैनिक कार्यसंचालनदेखि बोर्ड बैठक संचालनसम्मको अधिकार

धितोपत्र बोर्डको जिम्मेवारी निरज गिरीलाई, दैनिक कार्यसंचालनदेखि बोर्ड बैठक संचालनसम्मको अधिकार

अर्थ मन्त्रालयले धितोपत्र बोर्डको दैनिक प्रशासन संचालन जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई दिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेसँगै गिरीलाई उक्त जिम्मेवारी दिइएको हो ।

उक्त जिम्मेवारीसँगै गिरीले बोर्डको दैनिक प्रशासन संचालनसँगै बोर्ड बैंठक समेत बोलाउन सक्नेछन् । बोर्डका त बोर्डमा कुनै कारणले अध्यक्ष हटेको खण्डमा वरिष्ठ कर्मचारीलाई बोर्ड संचालनको जिम्मेवारी दिने चलन छ ।

बोर्ड नियामन निकाय भएको र सोको प्रमुखनै कार्यकारी अध्यक्ष हुने भएकाले कार्यबाहक अध्यक्षको जिम्मेवारी अन्य व्यक्तिलाई दिन मिल्दैन । सोहीअनुरुप अर्थले गिरीलाई बोर्डको दैनिक प्रशासन संचालनको जिम्मेवारी दिएको हो । यससँगै गिरीले बोर्ड प्रमुखको हैसियतमा संचालक समितिको बैठक बोलाउनुका साथै बोर्डका अन्य गतिविधि संचालन गर्न सक्नेछन् ।

3665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका