जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ग्यास उद्योग संघको अध्यक्षमा कुश मल्ली निर्वाचित, विशिष्ट सदस्यमा डल्लाकोटीको इन्ट्रि

ग्यास उद्योग संघको अध्यक्षमा कुश मल्ली निर्वाचित, विशिष्ट सदस्यमा डल्लाकोटीको इन्ट्रि

नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्विरोध चयन भएका छन्। संघको विहीबार भएको साधारणसभाबाट मल्ली निर्विरोध चयन भएका हुन्।

विहीबार चुनाबी प्रक्रिया अगाडि बढेर विजयहरी शर्मा र पूर्व अध्यक्ष सावरमल अग्रवालले अध्यक्षमा मनोनयन गरेपनि मल्ली सर्वसम्मत भएका हुन्।

मल्लीको राजधानी, एचपी र आरती ग्यास छ। संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारीले सर्वसम्मत नेतृत्वका लागि पहल गरेका थिए।सहमतिका लागि भण्डारी, पूर्व अध्यक्ष शिवप्रसाद घिमिरे, राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र कावराको समिति समेत बनाइएको थियो। संघको विशिष्ट सदस्यमा राजेन्द्र डल्लाकोटी चयन भएका छन्।

उनी संघको नेतृत्वले व्यवसायिक हितमा काम नगरेको भन्दै चार वर्ष अघि वाहिरिएका थिए। केही दिन अघि मात्रै डल्लाकोटी संघमा फर्किएका थिए। श्रीकृष्ण ग्यासका संचालक रहेका डल्लाकोटी  पूर्व उपाध्यक्ष समेत हुन्। संघको वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ निर्विरोध चयन भएका छन्। उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास निर्विरोध भएका छन्।

महासचिवमा कृष्णभक्त श्रेष्ठ, कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया निर्विरोध भएका छन्। संघको सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोखरेल, सुनिल सिन्हा, मनोजकुमार बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे र राजकुमार सिन्धी चयन भएका छन्

3770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका