जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई लाइफद्धारा १० लाख १३ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

आइएमई लाइफद्धारा १० लाख १३ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कधम्पनीले झापामा १० लाख १३ हजार रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बुद्धशान्ति ५ स्थित बीमित महेन्द्र पौडेलको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीका एक नम्बर प्रदेश प्रमुख मिलन दाहाल, बिर्तामोड शाखाका प्रमुख महेन्द्र तिम्सिना, बुद्धशान्ति गाउँपालिका, वडा नं. ५ का वडाध्यक्ष वासुदेव खतिवडा र वडा नं. ६ का वडाध्यक्ष शम्भु पौडेलले संयुक्त रूपमा बीमितकी श्रीमती लीलामाया पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

३९ वर्षीय बिमित महेन्द्र पौडेलले बिर्तामोड शाखाबाट २०७७ असोजमा १० लाखको बिमा पोलिसी खरिद गरेका थिए । गत साउन ५ गते उनको कोरोनाका कारण निधन भएको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा बिर्तामोड शाखा प्रमुख महेन्द्र तिम्सिनाले बीमा झन्झटिलो छ, यसले मानिसलाई झुलाउँछ भन्ने सोचाइ गलत रहेको बताउँदै बीमा महत्वपुर्ण छ त्यसकारण सबैले बीमा गर्नुपर्ने धारण व्यक्त गरे ।

कम्पनीका प्रदेश प्रमुख मिलन दाहालले आइएमई लाइफ दाबी भुक्तानीका सन्दर्भमा नेपालमै अग्र स्थानमा रहेको बताए । कम्पनीले आजसम्म कुनै पनि बिमितको दाबी भुक्तानी नअड्काएको उनको धारण थियो ।

कार्यक्रममा वडा नं. ६ का अध्यक्ष शम्भु पौडेलले आइएमई लाइफले यस क्षेत्रमा सराहनीय कार्य गरेको धारणा अघि सारे । घरमूलीको निधनले शोकमा परेको परिवारलाई दाबी भुक्तानीले राहत मिल्ने उनले बताए ।

कार्यक्रमको वडा नं. ५ का अध्यक्ष वासुदेव खतिवडाले बीमा झन्झटिलो नभएको र सजिलै भुक्तानी हुने उनले स्पष्ट पारे ।

बिमित पौडेलको घरमा आयोजित कार्यक्रममा कम्पनीका चिफ एजेनसी म्यानेजर नगेन्द्र श्रेष्ठ, हरिकुमार खनाल, सिनियर एजेन्सी म्यानेजर हरि कुमार पुरीलगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

6935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका