जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • २० मेगावाटको लाङटाङ खोला आयोजनालाई सनराइज बैंकको नेतृत्वमा ऋण, ३ अर्ब रुपैयाँ दिने

२० मेगावाटको लाङटाङ खोला आयोजनालाई सनराइज बैंकको नेतृत्वमा ऋण, ३ अर्ब रुपैयाँ दिने

रसुवामा रहेको “लाङटाङ खोला जलविद्युत आयोजना” को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ। आयोजनालाई सनराइज बैंकको अगुवाईमा सिद्घार्थ बैंक तथा एनसीसी बैंकले सहवित्तीयकरणमा ऋण दिने छन्।
करीब ३ अर्ब रुपैयाँ ऋणका लागि सम्झौता भएको हो। प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सोमबार सम्झौता भएको हो। कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्य हुन्। उनी स्वतन्त्र उर्जा उत्पादकहरुको सँस्थाका अध्यक्ष हुन्।

२० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैँया हो। कम्पनीले यो आयोजनाको निमार्ण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ। आयोजनाको निमार्ण पुरा भई उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेशनमा लगेर जोडिनेछ। यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ।

कम्पनीका अनुसार आयोजनाबाट वाषर््िाक १३३.३० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घण्टा हुनेछ।

पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेण्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो। तर कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकन पश्चात् हाल बीओक्यु (बील अफ क्वान्टिती) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदार मार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ।

6655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका