जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर पारित

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर पारित

लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको १५औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सभाले आ.ब. २०७५/०७६ को मुनाफाबाट बिगतमा कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद शेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पूंजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२५ प्रतिशतले हुन आउने खुद ८ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र सो बाहेक कर प्रयोजनको लागि ४२ लाख ९० हजार रुपेैयाँ बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कोभिड–१९ कारण उत्पन्न जोखिमलाई ध्यानमा राखि आवश्यक सुरक्षाका मापदण्डहरु अपनाई, भर्चुवल प्रविधीलाई समेत उपयोग गरी सभा सम्पन्न गरेको कम्पनीले जनाएको छ ।  सभाले कम्पनीका अध्यक्ष मनोहर दास मूलद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५÷०७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साथै सभामा सर्वसाधारण शेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराई आगामी चार बर्षको लागि निर्बिरोध निर्वाचित भएका छन ।  आ.ब. २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ८ प्रतिशतले बृद्धि भई १ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

5910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?