जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेशनल लाइफद्धारा चार मृतकका परिवारलाई ७८ लाख ७५ हजार बीमा दाबी भुक्तानी

नेशनल लाइफद्धारा चार मृतकका परिवारलाई ७८ लाख ७५ हजार बीमा दाबी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एकै दिन मोरंगको केराबारीमा चारजना आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले केराबारी ३ का राजु देवान,वडा नं १० का चुरानसिंह विक, हस्तवहादुर (सनम ) मगर, बेलबारी ८ भाउनेका रञ्जित सूब्बा लिम्बूको निधनपछि आश्रित परिवारलाई मृत्यु वापतको ७८ लाख ७५ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीमा ०७७ मंसिर ३० गते ५० लाखको बीमा गरेका केराबारी ३ का राजु देवानको ०७८ श्रावन ३१ गते कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो । देवानको श्रीमति गंगामाया लिम्बूलाई कम्पनीका प्रदेश प्रमुख नरेन्द्र राईले ५१ लाख ८६ हजार ६सय ६७ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । देवानले १५ वर्षे अवधिको बीमा गरी ४ लाख ६६ हजार रुपैया प्रिमियम जम्मा गरेका थिए ।

त्यसैगरी का केराबारी १० का समाजसेवी, राजनीतिककर्मी चुरानसिंक विकको श्रीमतिलाई पनि मृत्यु दावी अन्र्तगत बीमाङ्क र ६ वर्षको बोनस सहित ६ लाख ८८ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गरिएको हो । उनले ६ वर्ष अघि ५ लाखको बीमा गरी वार्षिक ४३ हजार २ सय २८ रुपैया प्रिमियम वुझाउँदै भएका थिए ।

केराबारी १० का बीमिति हस्तवहादुर (सनम) मगरको श्रीमति कविता मगरलाई १ लाख रुपैयाको चेक हस्तान्तरण गरेको छ । बीमित श्रायन मगरको प्रस्तावक रहेका बुबा हस्तवहादुर मगरको मृत्युपछि आश्रित परिवारका तर्फबाट कवितालाई सो रकम प्रदान गरिएको हो ।

त्यस्तै, बैदेशिक रोजगारीका क्रममा निधन भएका बेलबारी ८ भाउन्नेका बीमित रञ्जित सूब्बा लिम्बूको श्रीमति बबि सूब्बा लिम्बूलाई पनि १४ लाख रुपैयाको चेक प्रदान गरिएको छ ।

6380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका