जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको मुल्य, अब नयाँ मुल्य कति ?

बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको मुल्य, अब नयाँ मुल्य कति ?

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने सिलिन्डर ग्याँसको  मुल्य बढाएको छ। निगमले आज शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । 

बढेको मुल्य अनुसार निगमले पेट्रोल ,डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर तीन रुपैयाँको दरले बढाएको छ। मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोलको प्रतिलिटर खुद्रा मुल्य १३३ रुपैयाँ, डिजेल र मट्टितेलको ११६ रुपैयाँ पर्नेछ। 

त्यस्तै आन्तरिक हवाई इन्धनको मुल्य प्रति लिटर ९६ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनको मुल्य प्रति किलो लिटर अमेरिकी डलर ८५.३ प्रति किलो लिटर र खाना पकाउने एलपी ग्यासमा काठमाण्डौको साबिको मुल्यमा प्रति सिलिन्डर ५० रुपैयाँले वृद्धि गरि प्रति सिलिन्डरको खुद्रा बिक्रि मुल्य रु १५०० रुपैयाँ कायम गरेको छ। 

भारतीय आयल निगमले मुल्य बढाएकोले नेपालमा पनि बढाईएको निगमले जनाएको छ। बढेको मुल्य आज राति शुक्रबार १२ बजेदेखि नै लागू हुनेछ। 

मुल्य समायोजन पश्चात पनि निगमलाई पेट्रोलमा प्रति लिटर १२ रुपीयाँ ५५ पैसा, डिजेलमा परे लिटर ११ रुपैयाँ ६७ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ४६१ रुपैयाँ २२ पैसा घाटा हुने निगमले जनाएको छ। 

१५ दिनमा पेट्रोलमा करिब रु ३३ करोड ८९ लाख, डिजेलमा ८९ करोड ८६ लाख तथा एलपी ग्याँसमा ६८ करोड २१ लाख रुपैयाँ घाटा नै समग्रमा निगमलाइ १५ दिनमा १ अर्ब ८७ करोड घाटा हुने निगमको दाबि छ।  

यस अगाडी पेट्रोलको मुल्य प्रति लिटर १३० रुपैयाँ, डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर ११३ रुपैयाँ कायम गरिएको थियो। भारतीय आयल निगमले यस अगाडी बढेको मुल्य पठाएपनि आफुहरुले मुल्य समायोजन नगरेको निगमले जनाएको छ।

मुल्य समायोजन नगर्दा निगमलाई २ अर्ब २२ करोड घाटा हुने अवस्था रहेकाले स्वचालित मुल्य कार्यन्वयन कार्यविधि २०७१ ले निर्दिष्ठ गरेअनुसार निगम संचालक समितिको आज शुक्रबार (२०७७-०६-१२) को निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्याँसको मुल्य बढाईएको निगमले जनाएको छ। 

6255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका