जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • इन्भेष्टमेन्ट बैंकले नियमित साधारणसभामा हिमालयनसँगको मर्जरको प्रस्ताव राखेन

इन्भेष्टमेन्ट बैंकले नियमित साधारणसभामा हिमालयनसँगको मर्जरको प्रस्ताव राखेन

नेपाल इन्भेष्टमेन्ट बैंकले मंसिर १७ गते साधारणसभा गर्ने भएको छ । बैंकले बोलाएको नियमित साधारणसभामा भने हिमालयन बैंकसँग मर्जरको प्रस्ताव भने राखिएको छैन । बैंकले साधारणसभामा सेयरधनीलाई १२.६१ प्रतिशत दिने प्रस्ताव पारित गर्ने छ ।

अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्ने छ । यसबाहेक संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालक समेत निर्वाचन गरिने कार्यक्रम छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरमा जाने सम्झौता गरेका छन् । बैंकहरुले नियमित साधारणसभामा मर्जरको प्रस्ताव समेत पारित गर्ने बताएका थिए ।

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी ज्योति पाण्डेले नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभाबाट हिमालयन बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने जानकारी दिए ।

‘नियमित साधारणसभा गरेको बढीमा दुईसाताभित्रमा विशेष साधारणसभा बोलाएर मर्जरको प्रस्ताव पारित हुन्छ,’ पाण्डेले भने

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले राष्ट्र बैंकले मर्जरको स्विकृतिपछि मात्र सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने भने वार्षिक विवरणलाई स्वीकृति दिएको बताए । हिमालयन बैंकले भने नियमित साधारणसभामा नै मर्जरको प्रस्ताव लैजाने तयारी गरेको छ ।

‘हामीले नियमित साधारणसभामा नै मर्जरको प्रस्ताव पारित गर्ने गरी प्रस्ताव लैजाने तयारी गरेका छौ, सो दिन इन्भेष्टमेन्टले विशेष साधारणसभा बोलाउने छ,’ राणाले भने ।

5985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका