जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • बैंक अफ काठमाण्डु कर्मचारी संघको अध्यक्षमा अरुण श्रेष्ठ

बैंक अफ काठमाण्डु कर्मचारी संघको अध्यक्षमा अरुण श्रेष्ठ

बैंक अफ काठमाण्डु कर्मचारी संघको तेस्रो केन्द्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट अध्यक्षमा अरुण श्रेष्ठ, उपाध्यक्षमा समेन्द्र केसी, महासचिवमा निलराज घिमिरे, सचिमा धिरेन्द्र शाह र कोषाध्यक्षमा मेघनाथ भण्डारी सर्वसम्मत चयन भएका छन् भने ८ जना जना सदस्य सहित १३ सदस्यीय केन्द्रिय समिति नै सर्वसहमतिका साथ निर्वाचित भएका हुन् । 

कार्यक्रममा नेपाल वित्तिय कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनालको प्रमुख आथित्यिता रहेको थियो ।  हिमालयन बैंक कर्मचारी संगठनका अध्यक्ष गौतम भण्डारी, एभरेष्ट बैंक कर्मचारी संगठनका अध्यक्ष परशुराम सुवेदी, नेपाल एसबिआइ बैंक कर्मचारी संघका अध्यक्ष तुलसी दाहाल, नबिल बैंक कर्मचारी युनियनका अध्यक्ष सबिन भट्टराई, नेपाल बंगलादेश बैंक कर्मचारी संघका सचिव माधव सापकोटा, नबिल बैंक कर्मचारी युनियनका महासचिव मनिष सिटौलाको आथित्यता रहेको कार्यक्रममा निर्वाचन सम्पन्न गर्नको लागि प्रमुख निर्वाचन अधिकृत बासुदेव खत्रि तथा निर्वाचन अधिकृतमा किरण कार्की रहेका थिए ।

3880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?