जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा

ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा

ग्लोबल आइएमई बैंकले १५औं वार्षिक साधारण सभा मंसिर २७ गते आयोजना गरेको छ । सभा बिहान १० बजे नेपाल पज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

त्यसैगरी सभाले कम्पनीको पूँजी वृद्धिका लागि प्रबन्धपत्र ,नियमावली संशोधनको क्रममा नियमन कारी निकायहरुबाट कुनै फेरबदल,परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव निर्देशन भएमा सोही अनुरुप आवश्यक कार्य गर्न सञ्चालक समितीलाई पूर्ण अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १३ गते बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा मंसिर १२ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

6490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका