जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • फाइनान्स र सहकारी एउटै हुन् भन्ने भ्रम हटाउन फाइनान्सलाई ‘फाइनान्स बैंक’ बनाउन सुझाव

फाइनान्स र सहकारी एउटै हुन् भन्ने भ्रम हटाउन फाइनान्सलाई ‘फाइनान्स बैंक’ बनाउन सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुलाई ‘फाइनान्स बैंक’को रुपमा परिभाषित गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । आम जनमानसमा “फाइनान्स” भनेको “सहकारी” हो भन्ने भ्रम रहेको र हाल फाइनान्सहरुको नाममा एकरुपता कायम नभएकोले भ्रम हटाउन तथा एकरुपता कायम गर्न सिबिफिनले यस्तो सुझाव दिएको हो ।

आम जनमानसले “सहकारी” लाई बुझेर वा नबुझेर “फाइनान्स” भन्ने गरेको,र यसो हुँदा फाइनान्स कम्पनीसँग कारोबार गरेको ठानी कतिपय आम जनमानस सहकारीसँग कारोबार गर्न पुग्ने गरेको सिबिफिनले जनाएको छ ।

नाममा पनि एकरुपता नभएकोले सर्वसाधारणमा भ्रम सिर्जना गर्नसक्ने संभावना रहेको सिबिफिनले उल्लेख गरेको छ। ऐनमा “फाइनान्स कम्पनी” लेख्ने व्यवस्था भए पनि केहिलाई “….. फाइनान्स लि.” केहिलाई “… फाइनान्स कम्पनी लि.” लेख्न लगाइएकोले फाइनान्स कम्पनीहरुलाई कारोबारको दायरा प्रष्ट्याई “फाइनान्स बैंक” लेख्न दिनु उपयुक्त हुने सुझाव सिबिफिनले दिएको हो।

“फाइनान्स बैंक” को रुपमा परिभाषित गर्दा फाइनान्स र सहकारी एउटै हुन्भन्ने भ्रम हट्ने , फाइनान्स कम्पनीमा कारोबार गर्न खोज्नेहरु सहकारीमा कारोबार गर्न पुग्नसक्ने संभावनाको न्यूनीकरण हुने भएकाले र बैंकिङ प्रणालीबाट हुने कारोबार बढ्नसक्ने , कारोबारको दायरा छुट्ट्याइने भएकाले नेपाल राष्ट्र बैंकलाई नियमन गर्न पनि सहज हुने विश्वास सिबिफिनको रहेको छ ।

सिबिफिनले छिमेकी देश भारतले पनि साना साना कर्जा लगानी गर्नका लागि फाइनान्स बैंकको व्यवस्था गरेको उदाहरण पनि पेश गरेको छ। भारतको केन्द्रीय बैंकबाट लाइसेन्स पाएर हाल १० वटा स्मल फाइनान्स बैंक संचालनमा छन् ।

4350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?