जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सार्वजनिक सवारीमा जोर बिजोर हट्यो, विद्यालय माघसम्म बन्द

सार्वजनिक सवारीमा जोर बिजोर हट्यो, विद्यालय माघसम्म बन्द

उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ। शुक्रबार राति १२ बजेबाट लागू हुनेगरि स्थानीय  प्रशासनले जोर बिजोर हटाउने निर्णय गरेका हुन्।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर बिजोर हटाउने निर्णय गरेको हो। निजी सवारी साधनको जोर बिजोर भने यथावत छ।

माघ ७ गतेदेखि लागू भएको निर्णय एक सातामै परिवर्तन भएको हो। स्वास्थ्य मापदण्ड अपनाएर सवारी चलाउने दिने निर्णय भएको हो। सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने पनि सिडिओको आदेशमा उल्लेख छ।

सार्वजनिक सवारीमा जोर बिजोर लागू हुँदा झनै भीड बढेको भन्दै सिडिओहरुको निर्णयको आलोचना भइरहेको थियो। कोभिड –१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा जोर बिजोर हटाइएको हो।

यस्तै, बैठकले विद्यालय, विश्वविद्यालयको भौतिक कक्षा माघ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको थियो। शिक्षण सिकाइलाई भने भर्चुअल रुपमा जारी राख्ने निर्णय बैठकले गरेको छ।

सार्वजनिक स्थानमा कोप कार्डलाई अनिवार्य गर्ने यसअघिको निर्णय यथावत नै छ।

4180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका