जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेपाल बैंकले ल्यायो गैर–आवासीय नेपालीहरुको लागि निक्षेप खाता

नेपाल बैंकले ल्यायो गैर–आवासीय नेपालीहरुको लागि निक्षेप खाता

नेपाल बैंक लिमिटेडले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरि आकर्षक सुविधाहरु सहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको छ । विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अव अनलाइनबाटै नेपाल बैंकमा बिदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् । 

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग र अष्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा बार्षिक व्याजदर क्रमश ४.५ प्रतिशत र छ प्रतिशत दिने बैंकले जनाएको छ । अन्य विदेशि मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने बैंकले जनाएको छ । 

बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिक डलर पाँच हजार वा सो वरावरको  अन्य विदेश मुद्रा हुनुपर्ने छ । एनआरएन खाता गैर–आवासीय नेपाली तथा गैर आवासीय नेपालीबाट प्रबद्र्घित विदेश स्थित संस्थाको नाममा र गैर–आवासीय नेपालीको नाममा संयुक्त रुपमा पनि खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ साथै बैकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिने समेत बैंकले जनाएको छ भने मुद्दती खाता कम्तिमा एक बर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिने छ ।  

6325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका