जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सुदूरपश्चिममा २३ अर्बको लगानीमा ३५० मेगावाट सौर्य ऊर्जा उत्पादनको लागि अध्ययन गर्न अनुमति

सुदूरपश्चिममा २३ अर्बको लगानीमा ३५० मेगावाट सौर्य ऊर्जा उत्पादनको लागि अध्ययन गर्न अनुमति

लगानी बोर्डले सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाटको सौर्य ऊर्जा उत्पादनको लागि सम्भावना अध्ययन गर्न अनुमति दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको लगानी बोर्डको बैठकले डोटी र डडेल्धुरामा दुईवटा आयोजना गरेर ३५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्नको लागि एमएस सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई अनुमति दिने निर्णय गरेको हो ।

बैठकले डाबर नेपालले प्रस्ताव गरेको ९ अर्ब ६८ करोड पुँजी थप्ने प्रस्तावलाई समेत स्वीकृत गरेको छ ।

बैठकले तल्लो अरुण आयोजना निर्माणको लागि भारतीय कम्पनी एसजेवीएन लिमिटेड इन्डियाले प्रस्ताव गरेको प्रारम्भिक प्रतिवेदनलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

4620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका