लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५२३८१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७६१९ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी एक अर्ब उन्नाइस करोड अठासी लाख नब्बे हजारको १० प्रतिशतले हुन आउने एघार करोड अन्ठानब्बे लाख उनानब्बे हजार लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उल्लेखित लाभांशमध्ये चुक्ता पूंजीको ९.५२३८१% ले हुन आउने एघार करोड एकचालिस लाख असी हजार बराबरको बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.४७६१९% ले हुन आउने सन्ताउन्न लाख नौ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृत दिएपछि र कम्पनीको साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।