जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकले सोमबार १३ अर्बभन्दा बढिको ट्रेजरी बिल बोलकबोल गर्ने

राष्ट्र बैंकले सोमबार १३ अर्बभन्दा बढिको ट्रेजरी बिल बोलकबोल गर्ने

नेपाल राष्ट्र बैंकले सोमबार (भोलि) १३ अर्ब रुपैयाँ भन्दा बढिको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी चैत ७ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० जेठ ९ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० भदौ ५ गते  परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको ७ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

3875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका