जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्धारा मनोरम नगर समाजलाई सहयोग

मुक्तिनाथ विकास बैंकद्धारा मनोरम नगर समाजलाई सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी न.पा. १, लोकन्थली स्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण गर्न मनोरम नगर समाजलाई सहयोग गरेको छ ।

बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमका बीच सहयोग रकमको चेक हस्तानतरण गरेको हो ।

यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न, वृक्षारोपण तथा सम्भारमा मद्दत पुग्ने र पार्कका आउने व्यक्तिहरुलाई एक सम्पन्न पार्कमा आई आराम गर्न वातवारण मिल्ने बैंकको विश्वास छ ।

कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख बसन्त बक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योति प्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतमको उपस्थिति थियो । मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्व वन्धु गौतम तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

4340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका