जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको साधारण सभाबाट लाभांश अनुमोदन, ६६% हकप्रद पनि ल्याउने

एनएलजी इन्स्योरेन्सको साधारण सभाबाट लाभांश अनुमोदन, ६६% हकप्रद पनि ल्याउने

नएलजी इन्स्योरेन्स कम्पनीको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अम्रपाली ब्याङकेट बालुवाटारमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाखको ५ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । साथै, कम्पनीको सभाले ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , बोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पारित गरेको छ ।

सभाले प्रस्तावित बोनश शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापुँजी बृद्धि भई रु २,५०,२६,५७,९८२ रुपैयाँ पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्तापुँजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका