जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सले संचालनमा ल्यायो नयाँ शाखा

सिटिजन लाइफ इन्स्योरेन्सले संचालनमा ल्यायो नयाँ शाखा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फर्साटिकर शाखाको समुदघाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, माइक्रो लाइफ प्रमुख रिता पाठक,बुटबल क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकाल ,र तालिम बिभाग प्रमुख कुबेर पाठकले उक्त शाखाको औपचारिक समुदघाटन गरेका हुन् ।

समुदघाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले जीवन बीमाले आर्थिक जोखिम बहन गर्ने हुँदा बीमा आवश्यक बन्दै गएको बताए । उनले सिटिजन लाईफ इन्सुरेन्सले अधिकांश विधि प्रकृयालाई प्रविधिमैत्री बनाउन सफल भएको बताए । ‘हामी प्रविधिलाई उच्चतम प्रयोग गर्ने नीतिका साथ काम गरिरहेका छौँ,’ उनले भने, समयको माग अनुरुप चल्नु नै सिटिजनको सफलता पनि हो ।’

त्यस्तै चिफ मार्केटिङ अफिसर भूषण रिमालले बजारको मागलाई बुझेर सेवा वितरणलाई सहज बनाउनुपर्ने बताए । उनले इन्स्योरेन्स कम्पनीले आर्थिक जोखिबाट जोगाउने हुनाले अभियानकै रुपमा लाग्नु पर्नेमा जोड दिए।

6240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका