जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • वालेटमा अब दिनमा ३० पटकसम्म पैसा जम्मा गर्न पाइने, सुविधा दसैं र तिहारका लागि 

वालेटमा अब दिनमा ३० पटकसम्म पैसा जम्मा गर्न पाइने, सुविधा दसैं र तिहारका लागि 

नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्न पाउने संख्या बढाएको छ। भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने संख्या राष्ट्र बैंकले अस्थायीरुपमा बढाएको हो।

राष्ट्र बैंकले दसैं, तिहार र छठ पर्वका लागि वालेटमा रकम जम्मा गर्न पाउने संख्या बढाएको जनाएको छ। यसअघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकामा राष्ट्र बैंकले दसैंका अवसरमा यो संख्या ३० पुर्‍याएको छ।

सीमा बढाउने निर्णय दसैं, तिहार र छठ पर्वका हकमा मात्र भएको राष्ट्र बैंकले बताएको छ। राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई गरेको परिपत्र अनुसार असोज २१ देखि कात्तिक १ र कात्तिक १५ देखि २२ सम्म वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने जनाएको छ।

यो समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम नियमितरुपमा आफूलाई जानकारी दिन राष्ट्र बैंकले निर्देशन दिएको छ।

2000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?