जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड १’ ले पायो स्विकृती, एक अर्ब २० करोडको म्युचुअल फन्ड आउने

‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड १’ ले पायो स्विकृती, एक अर्ब २० करोडको म्युचुअल फन्ड आउने

नेपाल धितोपत्र बोर्डले नयाँ सामुहिक लगानी कोष (म्युचुअल फन्ड) लाई निस्कासन अनुमति पाएको छ ।
बोर्डका अनुसार ग्लोबल आईएमई बैंकले प्रवर्द्धन गर्न लागेको ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड १’ लाई निस्कासन अनुमति दिएको हो ।

कोषले बन्दमुखी योजना ल्याउन लागेको हो। बन्दमुखी सामुहिक लगानी कोष योजना भनेको निश्चित अवधिपछि एकाइ परिपक्व हुने योजना हो।

निस्कासन अनुमति पाएको फन्डले प्रतिएकाइ १० रुपैयाँ अं‌कित दरका १२ करोड एकाइ जारी गर्ने छ। यसबाट कोषले एक अर्ब २० करोड रुपैयाँ संकलन गरेर एकाइ खरिदकर्ताहरुको उक्त रकम विभिन्न धितोपत्र लगायतका विकल्पहरुमा लगानी गर्नेछ।

ग्लोबल बैंकले प्रवर्द्धन गर्न लागेको यस फन्डमा योजना व्यवस्थापनको जिम्मा ग्लोबल आईएमई क्यापिटलले लिएको छ।

यस फन्ड निस्कासनका लागि ग्लोबल बैंकले २०७७ मंसिर २४ गते बोर्डमा आवेदन दिएको थियो।

6865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?