जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सिद्धार्थ प्रिमियरद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ प्रदान

सिद्धार्थ प्रिमियरद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ प्रदान

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय लाई ५५० थान ‘सन ग्लास’ सहयोग गरेको छ । कम्पनीले निरन्तर गर्दै आइरहेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई चस्मा हस्तान्तरण गरेको हो ।

सडक व्यवस्थापनमा खटिँदा धुलोधुँवा लगायत प्रदुषणले ट्राफिक प्रहरीको आँखामा क्षति नगरोस भनेर चस्मा उपलब्ध गराएको कम्पनीले जनाएको छ । उक्त सनग्लास कम्पनीका नायब महाप्रबन्धक दीपककुमार धूतद्धारा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक पोषराज पोखरेललाई हस्तान्तरण गरेका थिए ।

पोखरेलले यस कार्यबाट ट्राफिक प्रहरीलाई सडकमा निरन्तर सेवा दिन सहयोग पुग्ने बताए ।

320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका