जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • एनआइसी एसिया बैंकको नायव प्रमुख कार्यकारीमा सन्तोष राठीको बढुवा

एनआइसी एसिया बैंकको नायव प्रमुख कार्यकारीमा सन्तोष राठीको बढुवा

एनआईसी एशिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी बढुवा भएका छन्। बैंकको जेठ ८ को सञ्चालक समितिको बैंठकले राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो। 

बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए। उनको बढुवा आगामी साउन १ गतेदेखि लागू हुने छ।

२०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपालको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट उनले एनआइसीमा करियर सुरु गरेका हुन्। विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका हुन्। 

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधीकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता राठीसँग रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। 

5160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका