जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस

गरिमा विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस

एनआईबिएल एस क्यापिटल लिमिटेडलाई गरिमा विकास बैंक लिमिटेडको ८.७५५ गरिमा ऋणपत्रको निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकको लागि नियुक्त गरिएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरको दश लाख कित्ताले हुने एक अर्ब रुपैयाँ बराबरको रकम ऋणपत्र निष्काशन गर्नेछ  ।

गरिमा विकास बैंकले २०६४ साल श्रावण २२ मा कम्पनी ऐन, २०६३ अन्तर्गत समावेशीकरण गरेको थियो । २०६४ आश्विन २४ मा आफ्नो वित्तीय कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त गरेको थियो । बैंकले २०६४ कात्तिक १८ मा स्याङजा बाट वित्तीय कारोबारहरु सुरु गरेको थियो । बैंकले २०७४ चैत्र २७ मा आफ्नो केन्द्रिय कार्यालय महेन्द«पुल, पोखरा, कास्कीबाट लाजिम्पाट काठमाण्डौंमा सारेको हो । हाल बैंकको ३४ जिल्लामा १०६ शाखा कार्यालयहरु संचालित छन् ।

उक्त सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले बुधबार हस्ताक्षर गरेको हो ।

 

7195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?