जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न, हिमालयन जनरल इन्स्योरेन्ससंग मर्ज गर्ने प्रस्ताव पारित

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न, हिमालयन जनरल इन्स्योरेन्ससंग मर्ज गर्ने प्रस्ताव पारित

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा बिहिबार अग्रवाल भवन, कमलपोखरी सम्पन्न भएको हो ।

उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साथै सम्पत्ति दायित्व मुल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, शेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित गरिएको छ ।

सभाले मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव समेत सर्वसम्मत पारित गरेको छ ।

5285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका