जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार जित्न सकिने

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार जित्न सकिने

इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सकिनेछ । साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित ) भएको हुनुपर्नेछ । अनलाइनमार्फत कारोबारमा प्रोत्साहन  गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्बजनिक गर्दै आएको छ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

4550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्