नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज रातीदेखि लागू हुने गरे निगमले पेट्रोल प्रतिलिटर २ वृद्धि गरेको छ । भने डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य बढाएको छ । निगमले हवाई इन्धनको पनि मूल्य बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ ।
पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाई छ ।
त्यस्तै, अझै निगमलाई घाटा नै रहेको र अन्तर्राष्ट्रिय बजार मूल्य वृद्धि भएका कारण निगमले आगामी जुलाई ८ भित्र ३० अर्ब रुपैयाँ तिर्न पर्ने भएको समेत उल्लेख गरेको छ । उक्त बाकी भुक्तनी रकम समेत निगमले तिर्न नसक्ने अबस्था भएकाले इन्धनको मूल्य बढाउन परेको निगमको भनाइ छ ।