जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • प्रभु र युनाइटेड इन्स्योरेन्स मर्जरमा जाने पक्का

प्रभु र युनाइटेड इन्स्योरेन्स मर्जरमा जाने पक्का

निर्जीवन बीमा कम्पनीतर्फ प्रभु इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स मर्जरमा जाने भएका छन्।

यी दुई कम्पनी एक आपसमा गाभिनका लागि सम्पूर्ण तयारी भइसकेको स्रोतले जनाएको छ। मर्जरका लागि बिहीबार नै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भएको थियो। बिहीबार नभएपछि यी दुवै कम्पनीहरु सम्भवतः शुक्रबार मर्जरका औपचारिकता पुरा गर्ने सम्भावना उच्च रहेको स्रोतले बताएको छ।

प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १६ करोड रुपैयाँ छ भने युनाइटेड इन्स्योरेन्सको १ अर्ब २ करोड रुपैयाँ छ। मर्जरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १९ करोड रुपैयाँभन्दा बढी पुग्नेछ।

बीमा समितिले आर्थिक वर्ष २०७९ चैत मसान्तभित्र चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन निर्देशन दिएको थियो।

उक्त निर्देशनअनुसार यी दुई कम्पनीको चुक्ता पुँजी अझै अपुग छ। जसमा कम्पनीहरुलाई अझै ३० करोड रुपैयाँको जोहो गर्नुपर्नेछ। समितिले मर्जरमा गएका कम्पनीहरुले ३० प्रतिशत सर्वसाधारणलाई  हकप्रद सेयर निष्कासन गर्न पाउने व्यवस्था समेत गरेको छ।

समितिले असार मन्सान्तभित्र मर्जरमा जान दबाब दिँदै बीमा कम्पनीहरुलाई थप सुविधा दिएको हो। यससँगै  बीमा कम्पनीहरुले धमाधम मर्जरमा जाने सहमति गरिरहेका छन्।

4295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?