जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • धितोपत्र बोर्डका अध्यक्षद्वारा शेयरप्रो सेक्यूरिटिजको उद्घाटन

धितोपत्र बोर्डका अध्यक्षद्वारा शेयरप्रो सेक्यूरिटिजको उद्घाटन

धितोपत्र बोर्डका अध्यक्षले शेयरप्रो सेक्यूरिटिजको उद्घाटन गरेका छन् । शेयरप्रो सेक्यूरिटीज ( शेयर दलाल नं.६५ ) नेपालको उदियमान शेयर दलाली सेवा प्रदान गर्ने कम्पनी हो । कम्पनीले मिति २०८०।०२।०९ मा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी शेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ ।

साे कार्यक्रममा अध्यक्ष हमालले कम्पनीलाई बधाई दिदैं उच्चतम् प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाट नै शेयर बजारमा सकारात्मक परिवर्तन हुदैं जाने विश्वास व्यक्त गरे तथा ग्राहकहरुको सन्तुष्टिमा नै कम्पनीको प्रगती भर पर्ने कुरामा जोड दिए ।

आफ्नो उद्घाटनको शुभ उपलक्ष्यमा कम्पनीले साता व्यापी कार्यक्रम ‘शुभारम्भ सप्ताह’ समेत सार्वजनिक गरेको छ । यो कार्यक्रम मिति भदौ ८ गतेदेखि १५ सम्म (शनिबार तथा सार्वजनिक विदाको दिन समेत) बिहान १०ः०० बजे देखि साँझ ५ः०० बजे सम्म कम्पनीको कार्यालय ढल्कुमा हुनेछ ।

कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही व्यक्तिले उक्त कार्यक्रममा सहभागी भएर अनलाइन कारोबार तथा निक्षेप सेवाका सम्बन्धमा आवश्यक जानकारी लिई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

1695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका