जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • बैंकका शाखा प्रबन्धकहरुको पनि क्लब खुल्यो, क्लबको अध्यक्षमा श्रेष्ठ

बैंकका शाखा प्रबन्धकहरुको पनि क्लब खुल्यो, क्लबको अध्यक्षमा श्रेष्ठ

कपिलवस्तु नगरपालिकाको तौलिहवामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत शाखा प्रबन्धकहरुले बैंकर्स क्लब तौलिहवा गठन गरेका छन्।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शाखा प्रबन्धक नवीनबहादुर श्रेष्ठको अध्यक्षतामा क्लब गठन गरिएको हो।

क्लबको उपाध्यक्षमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका राजीब श्रीवास्तव, सचिवमा ग्लोबल आइएमइ बैंकका प्रकाश आचार्य, कोषाध्यक्षमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अविनाश शुक्ला छन्।

क्लब सदस्यहरुमा अर्पण श्रेष्ठ (लक्ष्मी बैंक), देवेन्द्र केसी (माछापुछ्रे बैंक), नवीन भुसाल (सिटिजन्स बैंक), किरण घिमिरे (सिद्धार्थ बैंक), सन्दिप सापकोटा (एभरेष्ट बैंक), सुरज गुप्ता कसौधन (एनआइसी एसिया बैंक), रविन्द्र पाण्डे (कृषि विकास बैंक), विकास ज्ञवाली (एनएमबि बैंक), रामप्रित पाल (कामना सेवा विकास बैंक), गोपाल भण्डारी (मेगा बैंक), खिमलाल पुरी (एनसीसी बैंक) रहेका छन्।

5050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका