जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एनसेलको बचत, ऋण बारे राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग विवरण माग्यो   

एनसेलको बचत, ऋण बारे राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग विवरण माग्यो   

नेपाल राष्ट्र बैंकले एनसेल आजियटा प्रालिको नाममा रहेको निक्षेप, ऋण तथा लगानीका बारेमा बैंक तथा वित्तीय संस्थाहरुसँग विवरण माग गरेको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेपछि राष्ट्र बैंकले एनसेल बारे विवरण संकलन थालेको हो।

मंसिर २० गते लेखा समितिको बैठकले एनसेलको सेयर बिक्रीबारे छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषद्ले मंसिर २१ गते पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो।

एनसेलका बारेमा सरकार र संसदीय समितिहरुले उच्च चासो राखेपछि राष्ट्र बैंकले आफू मातहतका बैंक तथा वित्तीय संस्थाहरुसँग केही दिनअघि विवरण माग गरेको हो।

‘हामीले राष्ट्र बैंकको पत्र आउने बित्तिकै विवरण पठाइ सकेका छौं। यो नियमित जस्तै हो’ एक बैंकरले भने, ‘उसले निक्षेप कति छ? ऋण कति छ? अरु विवरण के छ भनेर सोधेको थियो।’

मंसिर २० गतेको लेखा समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर सेयर खरिद बिक्रीबारे छलफल गर्न चाहेको थियो। तर, राज्य व्यवस्था तथा सुशासन समितिको पुस ३ गतेको बैठकमा प्रचण्ड उपस्थित भएर जवाफ दिएका थिए। त्यसपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग विवरण माग गर्न थालेको हो।

मलेसियन कम्पनी आजियाटा समूहले एनसेलको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युकेलाई बेचेको थियो। स्पेक्ट्रलाइटका संचालक सतिसलाल आचार्य हुन्।

स्पेक्ट्रलाइट २०२३ सेप्टेम्बरमा मात्रै खुलेको कम्पनी हो। जसमा सतिशलाल आचार्यको लगानी छ। आजियाटाले आचार्यको बेलायती कम्पनीलाई एनसेलको हिस्सा ५ करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रुपैयाँ) मा बिक्री गर्ने भएको हो। जसमध्ये ५० लाख डलर (६६ करोड ६३ लाख रुपैयाँ) किनबेच सम्झौता भएको ६ महिना भित्र भुक्तानी गर्ने सहमति बनेको छ। बाँकी पैसा भने ४८ महिनाभित्र तिर्ने सहमति भएको आजियाटाले जनाएको छ। बाँकी रहेका बक्यौता तथा भुक्तानीको सम्पूर्ण जिम्मा एनसेलकै हुने एसपीएमा उल्लेख छ।

अघिल्लो पटक टेलियासोनेराले आफ्नो हिस्सा आजियाटालाई एनसेल एक खर्ब ३ अर्ब रुपैयाँमा बिक्री गरेको थियो। आजियाटाले एनसेल टेलियासोनेराबाट किनेको मूल्यभन्दा सस्तोमा स्पेक्ट्रलाइटलाई बेचेपछि यसमा सरकार, नियामकीय, संसदीय समितिहरुले प्रश्न उठाएका छन्।

595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका